
आज उनको जन्म दिनलाई मण्डेला दिवसका रुपमा देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउदै छन ।
नेता मण्डेलालाई प्रिटोरियाको अस्पतालमा राखिएको छ । फोक्सोमा सङ्क्रमण देखिएपछि उनलाई गत जुन ८ देखि सो अस्तालमा उपचार गराइरहेका छन । साथै उनको स्वास्थ्यमा क्रमिक रुपमा पनि सुधार आएको छ ।
उनको स्वास्थ्य लाभको कामना गर्दै ठुलो संख्यामा नागरिकले प्रार्थना गरिरहेका छन । यसैगरी अस्पतालले विज्ञप्ती निकालेर हामी आज नेता मण्डेलाको ९५ औँ जन्मदिन मनाइरहेका छौँ र हाम्रा आदरणीय अभिभावक नेता मण्डेलाको स्वास्थ्यमा पनि क्रमिक रुपमा सुधार भइरहेकोले खुसी भएको बताएका छन ।
Comments