असार ३१ । केही समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ पुनः उकालो चढ्न थालेको छ ।
आज सुन सुन तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।
चार दिनसम्म तोलामा ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार ५० हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि असर परेको हो ।
Comments