असार । लोक गायिका सृजना बिरहीसहित ७ जनालाई प्रहरीले जुवातास खेल्दा खेल्दै पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौको बिशेष टोलीले आइतबार सामाखुसीबाट तास लेखीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गायिका बिरहीका साथै स्याङ्गजाका ताङ्गबहादुर थापा, गोर्खाका जित बहादुर घले, पर्वतका डम्बर वि.सि, पर्वतकै नर बहादुर क्षेत्री, लमजुङ्गका होम बहादुर गुरुङ्ग र बाग्लुङ्गका दिपेन्द्र भण्डारी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु ३ लाख ३ हजार ६ सय ६० नगद, ६ बुक तास, विभिन्न दरका तीन रंगको क्वाईन थान ७६ र चेक २ थान बरामद गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।