असार २६ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्ने भन्दै चार दलले मात्रै गरेको चुनावको मान्यता नहुने बताएकी छन् ।

काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुस कोइरालाले यस्तो विचार व्यक्त गरेकी हुन् ।

सो क्रममा उनले राष्ट्र कमजोर भएको अवस्थामा सबै दलको सहमति र सहकार्यमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत चुनाव गरेर राजनीतिक सङ्कटको निकास खोज्नुपर्ने बताइन् ।

सबै दलको सहमति, सहकार्य र एकतामा जोड दिँदै उनले चार दलले मात्रै गरेको चुनावको मान्यता नपाउने जिकिर गरिन् ।

नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यजीहरूले के भने भनेर आफूलाई थाहा नभएको भन्दै सबै दलको राष्ट्रिय सहमति हुनुपर्ने र निर्वाचनमा सबै दल आउनुपर्ने बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।