असार २६ । यस वर्षका उत्कृष्ट ठहरिदै पुरस्कार जित्न सफल फोटो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।
फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा भएको आइएमई ग्लोबल–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्टका बिजेताहरुलाई वुधवार नगद पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेता शैलेन्द्र खरेलले नगद १ लाख पाएका छन् ।
- यस वर्ष उत्कृष्ट ठहरिन सफल फोटाहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैया र प्रमाण पत्र प्राप्त गरे ।
उनीहरुलाई उपराष्ट्रपति परमानन्द झा र सम्बन्धित बिधाका प्रायोजकका प्रतिनिधिहरुले पुरस्कार प्रदान गरेका थिए ।
यसैबीच, फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रदर्शनी आजैदेखि राजधानीको आर्ट ग्यालरीमा शुरु भएको छ ।
फोटो प्रदर्शनी असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा चल्नेछ।
Comments