असार २५ । पुर्वका पहाडी जिल्लामा बढि पानी परिरहेकोले  कोसीमा पानीको बहाब बढेको  छ ।
  कोसी नदीको  पानीको बहाब यस वर्षकै उच्च  रहेको बताइएको छ ।

 पानीको बहाव उच्च भएकोले  यस वरपरका बासिन्दाहरु तर्सिएका छन । बहाब बढेपछि कोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो झण्डा झुण्डाइएको छ र सवारी साधनको आवतजावतमा रोकिएको छ ।

 अहिले पानीको बहाब  २ लाख ६३ हजार २ सय ५ क्युसेक मापन गरीएको छ ।

पानीको बहाव बढेपछि अहिले ब्यारेजका ५६ वटा ढोका मध्ये ३७ वटा खोलिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।