असार २१ । दक्षिण कोरिया सरकारले कामदारको न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै अब नेपालीको पनि प्रतिघन्टा ५ हजार २ सय १० वन हुने भएको छ ।
हाल नेपालीको तलब प्रतिघन्टा ४ हजार ८ सय ६० रहेको छ ।
कामदारको न्यूनतम पारिश्रमिकमा ७ दशमलव २ प्रतिशतले बढाएको त्यहाँको सरकारले जनाएको छ ।
तर वृद्धि गरिएको तलब सन् २०१४ देखि मात्रै लागू हुने जनाइएको छ ।
कोरियामा वैधानिक कामको सिलशिलामा झण्डै १६ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
त्यहाँ कार्यरत कर्मचारीले नेपाली ८० हजारदेखि डेढ लाखसम्म मासिक रुपमा कमाउने गरेको बताइन्छ ।
Comments