असार २१ । प्रहरीले विभिन्न कार्यमा ठगी गर्ने अपारधीहरुलाई मिडियाले डन भनेकोमा अपराधीहरुको मनोबल बढेको भन्दै आपत्ति जनाएको छ ।
दोलखामा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेपाल प्रहरीका मध्य क्षेत्रका डिआईजी विज्ञानराज शर्माले पत्रकारहरुले पनि आपराधिक काम गर्नेलाई डन भन्न नहुने बताए ।
अपराधी र अपराधलाई सबै मिलेर समाप्त गर्नुपर्ने भन्दै आपराधिक पृष्ठभूमि भएकाहरुलाई समाप्त गर्न प्रहरी सक्षम रहेको समेत बताए ।
प्रहरीसँग क्षमता भएपनि आवश्यक जनशक्ति र भौतिक सुविधाको अभावमा काम गर्न समस्या भएको उनको भनाई छ ।
डिआईजी शर्माले सुरक्षा निकायलाई बजेट अभाव हुन नदिन सरकारले ध्यान आवश्यक रहेको समेत बताएका छन् ।
Comments