असार १७ । साउदी अरबको एक अदालतले सामाजिक सञ्जाल फेसबुक मार्फत अराजकता फैलाउन सहयोग गरेको भन्दै सात जनालाई जेल सजाय सुनाएको छ ।

शिया समूदायको समर्थनमा र संवैधानिक राजा माग गर्दै फेसबुकमा पोस्ट गरेपछि उनीहरु पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई पाँच देखि १० वर्षसम्मको सजायँ सुनाइएको छ । फेसबुक मार्फत दुई वटा समूह बनाएर अराजकता फैलाएको आरोप खेपेका एक नागरिकले सबैभन्दा बढी १० वर्षको सजायँ पाएका छन् भने अन्यले ५ वर्षमाथिको सजायँ पाएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन ह्यूमन राईट्स वाचको रोहवरमा सात जनालाई अघिल्लो वर्ष सेम्टेम्बरमा गिरफ्तार गरिएकोमा अप्रिलमा अदालती प्रक्रिया सुरु गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।