असार १३ । आफ्नै फ्ल्याटमा झुण्डिएर केही समय अगाडी आत्महत्या गरेकी बलिउडकी नायिका जिया खानको जीवनमा आधारित चलचित्र बन्ने भएको छ ।

जियाको जिवनसँग सम्बन्धित भएर बलिउडमा करिअर बनाउन कति संघर्ष गर्नुपर्छ भन्ने चलचित्रमा देखाइने बताइएको छ ।

यसरी चलचित्र निर्माण गर्नेमा भने निर्देशक रिक्षित माटा जुटेका हुन् । उनले बोल्ड बलिउड नामक चलचित्र निर्माण गर्ने र उक्त चलचित्रमा जिया जस्तै एक पात्र हुने बताइएको छ ।

चलचित्रमा हजेल किच, सन्दीपा धर र श्वेता भारद्वाजले अभिनय गर्नेछन् । उक्त चलचित्रमा बलिउडमा संघर्ष गर्न आएका माथिका तीन कलाकारले कथा भन्ने बताइएको छ । राजपाल यादव र मनोज जोशीको पनि उक्त चलचित्रमा भूमिका रहने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।