नेपाली सेनाले सात वर्षअघि एक विदेशी कम्पनीसँग ६ महिनाभित्र सामान दिइसक्ने गरी खरिद सम्झौता गरेसँगै वर्ष दिनमै २ करोड समेत भुक्तानी गरेको तर उक्त सम्झौता अनुसार सामग्री भने अहिलेसम्म पनि नआएको आजको नागरिक दैनिकले खबर छापेको छ ।
महालेखापरिक्षकको अध्ययनले सेनामा भएका यस्ता थुप्रै अनियमितताका विवरण औल्याउँदै ‘आवश्यक कारबाही गरी हिसाब फरफारक गर्न’ सरकारलाई सिफारिस गरेको खबरमा उल्लेख गरिएको छ ।
महालेखाको अध्ययन प्रतिवेदनमा २०६३ असार २७ गते सम्माररथी विभागले सामान ल्याउन एक विदेशी कम्पनीलाई एक करोड ७६ लाख ५३ हजार भुक्तानी गरेकोर जुन अहिलेसम्म प्राप्त भएको नभएको भन्दै सरकाराको ध्यानाकर्षण गराएको छ ।
नेपाली सेनाको उक्त विभागले २०६४ चैतमा ६ महिनाभित्र सामान प्राप्त गर्ने गरी विदेशी कम्पनीसँग२९ हजार २ सय ४० अमेरीकी डलरको अर्को सम्झौता गरेको पनि उक्त दैनिकले छापेको खबरमा उल्लेख छ ।







