असार ६ । रक्सी उत्पादन गर्ने एक उद्योग किन्नका लागि दिएको पचास लाख मन्त्रीकै फसेपछि यो विषयले अहिले निक्कै चर्चा पाएको छ ।

मदिरा उद्योग किन्न खोज्दा मन्त्री छविराज पन्त ठगिन पुगेका हुन् । आजको नयाँ पत्रिकाले छापेको खबर अनुसार मन्त्री पन्तले आफ्नो फसेको पैसा उठाउन अहिले प्रहरी प्रशासन समेत परिचालन गरेका छन् ।

सोफी लगायतका कमसल मदिरा उत्पादन गर्दै आएको पर्साको बेलवामा रहेको स्नोल्यान्ड डिस्टिलरीको सेयर किन्न दिएको मन्त्री पन्तको पचास लाख फसेको हो ।

डिस्टिलरीले नाफा कमाउने भन्दै मन्त्री पनि उद्योग चलाउन सहमत भएपछि मन्त्री पन्तले आफ्ना आफन्त सुरेन्द्रबहादुर बस्नेत मार्फत डिस्टिलरीको सेयर किन्न लगानी अगाडी बढाएका थिए ।

तर बस्नेतले पैसा हात पारेपछि मदिरा उद्योगका मुख्य सञ्चालक किरण मानन्धर र उनकी छोरी करिश्मा मानन्धरले सेयर दिन अस्वीकार गरेको बताइएको छ ।

बस्नेतले मानन्धर परिवारसँग सेयर किन्ने सहमतिमा केही पैसा समेत दिएको तर एक करोड २० लाखको चेक बाउन्स भएपछि कम्पनीको सेयर बाड्ने विषयमा विवाद उत्पन्न भएको हो ।

खबरमा उल्लेख भए बमोजिम चेक बाउन्स भएपछि मानन्धरले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिई सेयर बाँडफाड रोक्न निवेदन दिएका छन् भने मन्त्री भएलगत्तै पन्तले कम्पनी रजिस्टारलाई दवाब दिएर मानन्धरको नाको सेयर अन्य व्याक्तिको नाममा बाढफाड गर्न दबाब दिएका छन् । सोही विषयमा अहिले पनि विवाद रहँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।