असार ५ । बैंकको रकम लुट्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले सर्लाहीको लालबन्दीबाट पक्राउ गरेको छ ।

लालबन्दी–२ बस्ने रवीन्द्र मोक्तानलाई घरमै सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गत जेठ २९ गते महोत्तरीको गौशालास्थित सहयोगी विकास बैंकबाट रु ५० लाख झिकेर लाँदै गर्दा लुट्ने गिरोहमध्येका मोक्तान पक्राउ परेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब निरीक्षक दीपक केसीले जानकारी दिए ।

मोक्तानलाई थप अनुसन्धानका लागि महोत्तरी प्रहरीकोे जिम्मा लगाइएको उनले बताए । ना२च २७२२ नम्बरको जिपमा रकम लिएर गौशाला बजारमा रहेको बैंकको शाखा कार्यालयतर्फ जाँदै गर्दा गौशाला– ८ नवराजपुरमा नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका लुटेराले बैंकका क्यासियर नवलकिशोर ठाकुर, गाडी चालक श्रीप्रसाद चौधरी र बैंककै कर्मचारी देवनारायण मण्डललाई नियन्त्रणमा लिई रकम लुटेर फरार भएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।