असार ५ । बाढी पीडितलाई राहत विवतरण गर्ने सम्बन्धमा मन्त्री परिषदको आकस्मिक बैठक अहिले बालुवाटारमा बसीरहेको छ ।
सुदुर तथा मध्यपश्चिका बिभिन्न जिल्लामा आएको बाढीपहिरोले क्षति पुर्याएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहकारी मन्त्री छविलाल पन्त, स्वास्थ्य तथा संघीइ मामला मन्त्री बिद्याधर मल्लिक, ऊर्जा मन्त्री उमाकान्त झासहित मन्त्रालयका सचिव र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी रहेको बताइएको छ ।
हिजो बसेको दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पीडित दार्चुला र कञ्चनपुरलाई ५०र५० लाख राहत दिने निर्णय गरेको थियो ।
लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका बिभिन्न स्थानमा २२ जनाको ज्यान गईसकेको छ भने दर्जनौं बेपत्ता छन् । हजारौं मानिसहरु विस्थापित भएका छन् ।
Comments