असार ५ । सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौँ आउँदैगरेको यात्रुवाहक बसबाट प्रहरीले मंगलबार १५५ थान चिनियाँ टेलिफोन मोबाइल धुलिखेलबाट बरामद गरेको छ ।

बा २ ख ६३५४ नम्बरको बसबाट बरामद गरिएको ती मोबाइलको बजारमूल्य रु तीन लाख ६६ हजार रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

ती मोबाइल बसमा कसले ल्यायो भन्ने खुल्न नसकेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।