असार ४ । दार्चुलाका बाढी पीडितहरुका लागि राहत बोकेर गएको नेपाली सेनाको हेलिकप्टर प्रतिकुल मौसमका कारण त्यहाँ अझै पनि जान सकेको छैन ।

मौसमका कारण हेलिकप्टर भैरहवामै रोकिएको छ ।

दार्चुला र कञ्चनपुरका लागि सरकारले घोषणा गरेको ५०/५० लाख नगद कम्मल तथा खाद्यान्न बितरणका लागी दार्चुला जान उडेको हेलिकप्टर प्रतिकुल मौसमका कारण फर्कीएको हो ।

मौसममा खरावी भएका कारण दार्चुला नजिकै पुगेको हेलिकप्टर फर्कीएर भैरहवामा अवतरण गरेको गृह मन्त्रालयका प्रबत्ता लक्ष्मी प्रसाद ढकालले जानकारी दिएका छन् । सरकारले राहत छिटो पुर्याउनका लागी पहल भईरहेको उनले बताएका छन् ।

यद्यपी साँझ परिसकेको र मौसममा सुधार नआएकाले आजै पिडितहरु सम्म राहत पुग्न सक्ने संभाबना क्षिण बन्दै गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।