असार ३ । सुखचैना गाविसमा आज दिउँसो चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखचैना गाविस–७ की ३३ वर्षीया गीतादेवी यादव र उहाँकै १५ वर्षीया छोरी रिङ्कुकुमारी छन् ।

आँपको बगैँचामा बसेका बेला चट्याङ खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।