असार ३ । नेकपा-माओवादीका सचिव देव गुरुङले साम्राज्यवाद र विस्तारवादका दलालहरुलाई फेल खुवाएरै छाड्ने उदघोष गरेका छन् ।
माउन्टेन टेलिभिजनको फोकस माउन्टेन कार्यक्रममा बोल्दै उनले देशलाई ध्वस्त पार्ने तरिकाले षड्यन्त्र भईरहेकाले त्यसलाई असफल बनाएरै छाड्ने बताए ।
देशमा दलालहरुको चलखेल बढेर गएको छ कार्यक्रममा उनले भने- ‘लेखेर राख्नुहोस् दलालहरुलाई फेल खुवाइन्छ खुवाइन्छ ।’
तपाईहरुका मागलाई वेवास्ता गरेर मंसिरमा चुनाव गराइयो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले आफूहरु हातमा दही जमाएर नबस्ने देशका निम्ति परि आए जे पनि गर्न तयार रहेको बताए । देश बचाउन सम्पूर्ण देशभक्ती शक्तिहरु एकजुट भएर लाग्ने उनले बताए ।
विदेशीको इशारा र चाकडी बिना नै राजनीतिक सहमतिका आधारमा मात्र देशले निकाश पाउने उनको भनाई छ ।
Comments