उदयपुर, १३ असोज : उदयपुरमा निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज दिउसो छिमेकीको निर्माणाधीन घरको पिल्लर लडेर किच्दा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेका छन् ।

अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो ।

घाइते भएपछि बालकलाई तत्काल जिल्ला अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।