जेठ ३१ । समाजसेवी दिलीप वगाडियाले स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना हुने एक संस्थाका लागि २५ बिघा जग्गा प्रदान गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी एन्ड पिस डेभलपमेन्ट प्रालिको नाममा सो जग्गा प्रदान गरिएको हो ।
मोरङको ववियाविर्तामा रहेको सो जग्गामा आगामी पाँच वर्षभित्र मेडिकल कलेज स्थापना गर्ने र अर्को पाँच वर्षमा विश्वविद्यालय स्थापना गरिने गरी दातासँग सम्झौतासमेत गरिएको छ ।
Comments