जेठ ३० । विषादी जङ्गली च्याउ खाएर मोरङको राजघाट–८ बस्ने एक परिवारका तीनजना आज सख्त बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजघाट–८ का ५१ वर्षीया मिठु थापा, २३ वर्षीय प्रकाश थापा र ६ वर्षीया पूर्णिमा थापा बिरामी भएका हुन् ।
एक्कासि बेहोस भएपछि तीनै व्यक्तिलाई बेलबारीस्थित सामुदायिक अस्पतालमा उपचारार्थ ल्याइएको छ ।
छ वर्षीया पूर्णिमा थापाको अवस्थामा गम्भीर छ । अन्य दुईको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसअघि पनि मोरङ जिल्लामा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । रासस
Comments