जेठ २९ । नेकपा माओवादीका सचिव देव गुरुङले गौतम बुद्धको जन्म भारतमा भएको भनेर भारतले कुटिल चालबाजीले प्रचार गरिरहेको बताएका छन् ।
अखिल शिक्षक संगठनले आज लुम्बिनीको आयोजना गरेको शिक्षाको माध्यमबाट वैदेशिक हस्तक्षेप विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतको उक्त प्रचारलाई व्यापक रुपमा चिर्न जरुरी रहेको र हामीले हाम्रो लुम्बिनी नेपालमा पर्छ भन्ने कुरा विश्वव्यापी रुपमा स्थापित गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दे उनले नेपाललाई स्वाधीन बनाउन सकियो भने नेपालमा प्रचुर मात्रामा विकासका सम्भावना रहेको बताउँदै लाखौ युवाहरुलाई विदेशी भूमिमा जान बाध्य पारिएको चर्चा गरे ।

कार्यक्रममा सचिव गुरुङले खुल्ला सीमानाका कारण ह्वारह्वार्ती भारतीयहरु नेपालमा आइरहेका भन्दै यसले कुनै दिन फिजी जस्तै बन्न सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । अहिले नेपालमा नागरिकतामा ठूलो समस्या देखा परिरहेको उनको भनाई छ ।
नेपालको आफ्ने उत्पादन भन्ने केही पनि बाँकी नरहेको भन्दै आफ्नो विस्तारवादी नीति लागु गर्नका लागि दलालहरु तयार गर्ने काम भइरहेको समेत उल्लेख छ ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले शिक्षाको माध्यमबाट नेपालमा भारतले कसरी भ्रम छरिरहेको छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि प्रगतिशिल साहित्यिकार दिल साहानी र भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम परिश्रमीले टिप्पणी गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।