सरकारले यस अघि दुई शक्तिबर्दक पेय पदार्थ रेडस्टार र राइनो एसको विक्री वितरणमा रोक लगाएको एक साता नवित्दै अर्को इनर्जी ड्रिङ्कस रेडबुल पनि अस्वस्थकर रहेको भन्दै उपभोक्ताले बिक्री वितरण बन्द गर्न माग गरको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना जारी गर्दै दुईवटा पेय पदार्थ खाद्य ऐन विपरित बिक्री वितरण भइरहेको कारण देखाउँदै बिक्री रोक्न र बजारमा रहेको उत्पादन फिर्ता लिन निर्देशन दिएको थियो ।
रेडबुलले राष्ट्रिय कानुनविपरीत आयात निर्यात गरिरहेको छ उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बाँनीयाले भने यो उत्पादन स्वास्थ्यका लागि पनि अहितकर भएकोले सरकारले तुरुन्त यसलाई नियमन गर्नुपर्छ ।
मञ्चले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषि विकास मन्त्रालय तथा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका सरोकारवाला सरकारी निकायलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक आवश्यक कारबाही गर्न माग गरेको छ ।