एसएलसी परीक्षाको नतिजा ३ बजे सम्म सार्वजनिक हुने

जेठ २८  यस वर्षको  प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।नतिजा  दिउँसो ३ बजे सम्म सार्वजनिक हुने स्रोतले बताएको छ ।
 नतिजा प्रकाशनका लागि एसएलसी बोर्ड बैठक बसिरहेको छ । कम्प्युटरमा तथ्याङ्क प्रशोधन प्रोसेसिङ्को काम अन्तिम चरणमा भएकोले आजै नतिजा प्रकाशन गरिने तयारी भएको बताइएको छ।
 बिगतमा रातको समयमा नतिजा सार्वजनिक गर्ने गरेपनि यस बर्ष बिहानै बोर्ड बैठक सकाएर मध्यान्हपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको कार्यालय सानोठिमीले जनाएको छ ।
 यस वर्ष परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना परिक्षार्थी सहभागि छन । । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७  र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना सहभागी भएका थिए ।
विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।