पूर्वगृहमन्त्री गच्छदारको स्वकीय सचिव हत्याको अभियोगमा पक्राउ

जेठ २८ । सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय तोके पनि राजनीतिक पावरमा खुलेखुलाम हिड्दै आएका पूर्वगृहमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

गच्छदारका स्वकीय सचिव जयराज लिम्बुलाई प्रहरीले सोमबार विराटनगरबाट पक्राउ हो ।

लिम्बुलाई विराटनगरस्थित भट्टाचोकमा खानेपानी तथा सरसफाई सम्मेलनमा पार्टीका तर्फबाट अतिथिका रुपमा भाषण गरेर फर्किने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई ज्यान मार्ने उद्योगमा संलग्न भएको भन्दै उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको भएपनि राजनीतिक पावर प्रयोग गरेर विगत ४ वर्षयता अन्य सर्वसाधरण झैँ खुलेखुलाम सार्वजनिक रुपमा हिड्दै आएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।