जेठ २७ । उपचारका गर्दा गर्दै सुत्केरीको मृत्यु भएको विषयलाई लिएर भएको तोडफोडको बिरोध स्वरुप आज चितवन मेडिकल कलेजले आकस्मिक बाहेकका सबै सेवा आज बन्द गराएका छन ।
भरतपुर नगरपालिका–१२ बसन्तचोक निवासी २२ वर्षीया भवानी खतिवडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाही कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो ।
आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएपछि उपचारका लागि अस्पतालआएका बिरामीहरु मर्कामा परेका छन् भने कतिपय बिरामीहरु अन्य अस्पतालमा जान बाध्य भएका छन । यसको बिरोधमा चिकित्सकहरुले आज दिन भर हातमा कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन ।



