जेठ २६ । हामीले यसअघि नेपालको पहिलो सफा सुग्घर शहर पोखराका बारेमा फोटोफिचरसहित सामग्री प्रस्तुत गरेका थियौँ । आज भने हामी तपाईलाई दोस्रो शहर इलामबारे जानकारी गराउने जमर्कोमा छौँ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले गरेको मूल्याङ्कनका आधारमा नेपालको सफा सुग्घर शहरमा पहिलो पोखरा र दोस्रोमा इलाम घोषित भएको हो ।

देशका ५८ नगरपालिकामध्ये आधारभूत सरसफाइ र पूर्वाधार विकासका आधारमा इलाम नगरपालिका दोस्रो सफा सहरमा पर्न सफल भएको हो ।

अन्य सफा सहरहरूमा सुनसरीको धरान, झापाको भद्रपरु, दाङको घोराही र मकवानपुरको हेटौडा रहेका छन् ।

फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन, ढल निकास र खानेपानीको व्यवस्था, फुटपाथको व्यवस्थापन लगायतका आधारमा सफा सहर मूल्याङ्कन गरिएको मध्ये दोस्रो नम्बरमा पर्न सफल इमाल भने यस्तो छ:

फोटो सबै गुगल सर्च (विभिन्न वेवसाइटमा आधारित)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।