जेठ २५ । कैलालीको बलिया ८ डुडेझारीमा बस दुर्घटना हुदाँ आज बिहान २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।

दुर्घटना परि बलिया ९ चिसापानी कि ४० बर्षिया तुलसी अधिकारी र बर्दियाको सिउनियाका २२ बर्षिय प्रकाश खड्काको घटना स्थलमै मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परि अछामका २२ बर्षिया प्रेम दास, सुर्खेत बिद्यापुर ७ का ३७ बर्षिय अम्बर बहादुर बिक, तरंगाका २७ बर्षिय नवराज भण्डारी, ३५ बर्षिय अनि नेपाली, बर्दिया बासगढी सोराहा ३ कुटाहाकी डेढ बर्षिया बालिका प्रशंशा चौधरी, भुरीगाउका २६ बर्षिय अक्कल बहादुर साउँद, दाङका २२ बर्षिय मनोज चौधरी, र कालिकोटका २० बर्षिय चन्द्र सार्की घाईते भएका छन ।

घाइतेहरुको लालरत्न अस्पताल लम्की र नेपालगञ्चमा उपचार भईरहेको छ । नेपालगञ्ज बाट धनगढी तर्फ आउदै गरेको ना ४ ख ६४८ नम्बरको बस अनियन्त्रीत भई पल्टीदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । बस चालक रामकृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।