जेठ २५ । भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डाबारे छलफल गर्न एमाओवादीको बैठक जारी रहेकै बेला भारतीय राजदूत जयन्त प्रसाद त्यहाँ पुगेपछि बैठक नै बिथोलिएको छ ।
एमाओवादीको केन्द्रीय पदाधिकारी र संगठन बिभाग प्रमुखहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसीरहेकै बेला जयन्त त्यहाँ पुगेपछि प्रचण्डले आफ्नो बैठक छाडेर जयन्तलाई समय दिएका छन् ।

अहिले भने प्रचण्ड र जयन्तबीचको छलफल पनि सकिएको छ ।
एमाओवादीको भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा कार्यबिभाजन गर्ने, पार्टीले लिएको नीति उत्पादन र निर्माण बिषय र सामसामयिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ ।
Comments







