जेठ  २४  ।  मिनि विश्वकपको नामले चिनिने च्याम्पियन्स ट्रफी क्रिकेट इंग्याण्डको सोफिया गार्डेन्समा  भएको  पहिलो खेलमा  भारतले दक्षिण अफ्रिकालाई २६ रनले पराजित गराएको छ ।

जितका लागि भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ३१ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक एकसय १४ रन, रोहित शर्माले ६५, रविन्द्र जडेजाले ४७ रन बनाए ।

जवाफि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ३०५ रन मात्र  बनाएको  थियो  । जितसँगै भारतको दुई अंक भएको छ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा अष्ट्रेलिया, ईग्ल्याण्ड, श्रीलंका र न्यूजिल्याण्ड रहेका छन् भने  समूह बी मा दक्षिण अफ्रिका, भारत, पाकिस्तान र वेष्ट ईन्डीज रहेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।