हत्या आरोपमा उनकी माइली छोरी रवेदालाई प्रहरीले पक्राउ गरेपछि हत्या परिवारबाटै भएको रहस्य बाहिर आएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा हत्याको आरोपमा पक्राउ गरेका अब्दुल रहुफले हत्यामा छोरी र आमाको संलग्नता भएको बयान दिएको बताइएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआजी) परशुराम खत्रीले दिएको जानकारी अनुसार पूर्वसभासद् सदरूल मियाँ हकको हत्यामा संलग्न भएको कारण लहान–५का मौलबी भन्ने जमिर उल र मियाँकै छोरीलाई पक्राउ गरिएको आजको राजधानीमा खबर छ ।
अभियुक्तहरू प्रेमी प्रेमीका रहेको र विगतमा माग्न जाँदा दाइजोमा कुरा नमिलेकै कारण योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएको खबरमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानका क्रममा तीन जनाले उनको हत्या गरेको पत्तो लागेको समेत बताएको छ । त्यसरी हत्यामा संलग्न हुनेहरुमा सिराहाको लहान नगरपालिका स्थायी बसोबास भएका जमिरुल शेख, सिराहाकै चतरीका चाँद भन्ने अब्दुल रहुल र अनरुलले सदरललाइृ छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरु मोटरसाइकलमा आएर सदरलको घाँटी रेटेर हत्या गरेर हिडेको प्रहरी बताउँछ । हत्या गरिएका सदरुलकी पत्नी नुरजहाँ र छोरी रवेदाले शेखसँग निरन्तर फोन सम्पर्क र भेटभाट गरेको बताएको छ ।
यस्तै आजको अन्नपूर्ण दैनिकले पनि पूर्व सभासद् सदरूल मियाँको हत्या परिवारबाटै भएको खबर छापेको छ । माइली छोरी रवेदालाई प्रहरीले अनुसन्धान टोलीले पक्राउ गरि सोधपुछ गरेपछि पारिवारीक विवादका कारण हत्या भएको अन्नपूर्णमा खबर छ ।
त्यस्तो होला त ?
स्वच्छ र असल छबि मानिएका पुर्व सभाषद सदरूल मियाँको हत्या उनकै परिवारबाट भएको खबर आजका दैनिकहरुले छापेपनि एथेष्ट प्रमाण भने आएको छैन ।
अभियुक्तहरू प्रेमी प्रेमीका रहेको र विगतमा माग्न जाँदा दाइजोमा कुरा नमिलेकै कारण योजना बनाई हत्या गरिएको भन्ने राजधानी दैनिकको खबरलाई त्यति विश्वसनिय मान्न सकिदैन । हुन त त्यसमा प्रहरीको अनुसन्धान तथा बयानका क्रममा भनिएको छ । तर, हत्यारासँग छोरीको लभ परेको र माग्न जाँदा दाइजोमा कुरा अड्किएर हत्या गरिएको भन्ने कुराले आफ्नै परिवारिको हत्याको योजनासम्म रचियो र मारियो भन्ने कुरा पत्यार लाग्दो रहन सक्दैन ।
यदि उनीहरुको विवाहकै लागि भए उनीहरुले भागेर पनि जान सक्ने ठाउँ हो जहाँ कि आफ्नो बुवाको हत्या गर्नुपर्ने त्यहाँ रहन सक्छ भन्न सकिदैन । फेरि पारिवारिक कारण पनि भनिएको छ, कस्तो खालको पारिवारि कारण हो । हत्या नै गर्नुपर्ने कारण के छ भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । विभिन्न शंका आशंका गरिदै आएको घटनामा यही हो भन्न भने सकिदैन ! समाजमा थरी थरीका मान्छेहरु छन् । त्यसैले अहिले नै यही भन्न भने सकिदैन ।