जेठ २३ । प्रहरी र पूर्व कमलरीबीच कञ्चनपुरको सुडामा बुधबार झडप हुदा पाँचजना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको आँखामा गम्भीर चोट लागेको छ ।

पूर्व पश्चिम राजमार्गको सुडामा कमलरीले सवारीसाधनमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो ।

झडपमा १४ वर्षीया बतासु रानाको आँखामा प्रहरीको लाठी लागेर चोट लागेको छ । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

दाङकी सिर्जना चौधरी र मेघी चौधरीको मृत्युबारे छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, कमलरीमाथि भइरहेको शोषण अन्त गर्नुपर्ने यलगायतका सातबुँदे माग राखेर कमलरीले दोस्रो दिन पनि अनिश्चितकालीन बन्दलाई निरन्तरता दिएका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।