जेठ २२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विभिन्न धर्मको नाममा बाबाहरु नेपाल भित्रने बाबाहरु भारतीय गुप्तचर संस्था र सँग आबद्ध हुने गरेके उल्लेख गरेका छन् ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा विभिन्न धर्मको नाममा बाबाहरु नेपाल भित्रने क्रम बढेको चिन्ता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भारतको ईसारामा चार दल चलेकोले भारतले नचाहेसम्म नेपालमा निर्वाचन सम्भव नहुने समेत बताएका छन् ।

बिजुक्छेले समानुपातिकतर्फ एक प्रतिशत मत ल्याउनुपर्ने ९ थ्रेस होल्ड ० लागू भए संविधानसभाको निर्वाचन हुनै नसक्ने दाबी समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।