जेठ २१ । कालिमाटी तरकारी बजारमा रहेर व्यवसायीहरुले गर्दै आएको चरणबद्ध आन्दोलन आजबाट स्थगित भएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले आन्दोलनरत व्यबसायीहरुको माग एक महिना भित्र पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

समितिले हिजो पत्र पठाएर व्यबसायीहरुको माग संबोधन गर्ने प्रतिबद्धता जनाएपछि आजबाट सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको संघर्ष समितिका सदस्य सचिव रामकृष्ण धितालले जानकारी दिए ।

व्यवसायीहरूले विभिन्न चार सुत्रीय माग राख्दै यहि जेठ ५ गतेदेखि चरबद्ध आन्दोलन गर्दै आएका थिए । रिक्त रहेको बजार विकास समितिको सञ्चालक समितिको सदस्यको पदका लागी आगामी असार ५ गतेभित्र बजार बिकास समितिले निर्वाचन गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ भने अन्य माग एक महिनाभित्र पूरा गर्ने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।