जेठ २० । इलामको पञ्चकन्यामा सोमबार आफ्नै भाइले दाजुलाई हँसिया प्रहार गरी हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरी पञ्चकन्या–८ का ५९ वर्षीय वीरेन्द्र राईले ६५ वर्षीय दाजु रत्न राईलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

हँसिया प्रहार गरेपछि गम्भीर घाइते भएका रत्नको उपचारका लागि फिक्कलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्त वीरेन्द्रलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।