जेठ २० । प्रहरीले कमलरीमाथि हिजो गरेको हस्तक्षेपको नेपाली जनप्रगतिशिल मोर्चा यूएर्इले निन्दा र भर्त्सना गरेको छ ।
कमलरी हत्या र कमलरीहरु माथि भैरहेको यौन शोषणको छानबिन,कमलरी प्रथाको अन्त्य तथा मुक्त कमैयाहरुको उचित ब्याबस्थापन लगायतका माग राखी शन्तिपूर्ण धर्नामा बसेका कमलरीहरुमाथि सरकारले गरेको बर्बरतापूर्ण दमन र गिरफ्तारीको नेकपा माओवादीको बिदेस राज्य समिती अन्तर्गत जनबर्गिय संगठन नेपाली जनप्रगतिशिल मोर्चा यूएइले कडा निन्दा र भर्त्सना गरेको हो ।
मोर्चाका अध्यक्ष रमेश गिरीद्धारा जारी विज्ञप्चिम सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट कमलरी प्रथा उन्मुलन संघर्स समितीको माग र आन्दोलनका सबै कार्यक्रमहरु प्रती समर्थन र एक्यबधता प्रकट गर्दै राज्य आतंकको सिकार भएका घाइते कमलरिहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित शन्तिपूर्ण आन्दोलनमा ब्यापक हस्तक्षेप गरी लाठी बर्षाउनेहरु माथि कडा भन्दा कडा कारबाहिको माग समेत गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।