जेठ १९ । राजधानीको दरबारमार्गमा नवनिर्मित ट्राफिक प्रहरी भवनको आज उद्घाटन गरिएको छ ।
सरकारको लगानी बिना नै ६५ लाखमा बनेको उक्त भवन निर्माणमा व्यवसायी, व्यापारी तथा सर्वसाधरण नागरिकहरुबाट सहयोग तथा चन्दा लिइएको हो ।
उक्त भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले सडक सुधारमा खटिने प्रहरीको सुरक्षाका लागि पहल भईरहेको जानकारी गराए ।
दरबारमार्ग स्थित नवनिर्मित ट्राफिक प्रहरी भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा उल्लेख्य सहयोग गर्ने दरवारमार्ग ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछुथेलाई सम्मान तथा कदर पत्र प्रदान समेत गरिएको छ ।
दरबारमार्ग स्थित नवनिर्मित ट्राफिक प्रहरी भवन उद्घाटनमा यस्तो देखियो हेर्नुहोस फोटो फिचर:
तस्बिर प्रदीपराज वन्त
Comments