जेठ १८ । अमेरिकाको ओक्लोहामामा शुक्रबार राति आएको टोर्नाडो नामक आँधीबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।

सो क्षेत्रमा दुई हप्ताअघि पनि सो आँधी आएको थियो । आँधीमा परी सो समयमा दर्जनौँ नागरिकको ज्यान गएको थियो । अमेरिकी अधिकारीहरुले सो आँधीबाट ठूलो जनधनको क्षति भएको थियो ।

शुक्रबार राति पनि अकस्मात सो आँधी आएको र त्यसमा परी एकजना बालक र उनकी आमासहित पाँचको ज्यान गएको छ । सो आँधीमा परी अरु कम्तीमा १२ जना घाइते भएका पनि समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा उक्त आँधीमा परी भएको सम्पूर्ण क्षतिको विवरण आउन सकिरहेको छैन । आँधीका कारण गत राति पनि ठूलो क्षति भएको अनुमान गरिएको छ ।

सो क्षतिबाट पीडितको उद्वारका साथै आँधीबाट भएको क्षतिको विवरण सङ्कलनका लागि उद्वारकर्मीहरु खटिएका पनि समाचारमा जनाइएको छ । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।