भोला थापा क्षेत्री, दोहा – नेपाली जनसम्पर्क समिति, कतारको आसन्न तेस्रो अधिवेशन इस्लाम धर्मावलम्बीको पावन पर्व इदका अवसरमा गर्ने भएको छ ।

अधिवेशनलाई भव्य रुपमा सफल बनाउन कतारमा कार्यरत ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’प्रति आस्थावान् महानुभावहरू तथा विश्वभर छरिएर रहेका सबैलाई आयोजकले अनुरोध गरेको छ ।

साथै नेपाली जनसम्पर्क समिति कतारको साधारण क्रियाशील तथा आजीवन सदस्यता लिन इच्छुक महानुभावहरू सम्बन्धित विकास क्षेत्र संयोजकमार्फत सम्पर्क गर्न संस्थाका महामन्त्री करिम बक्स मियाँले जानकारी दिनुभयो ।

साथै कार्यक्रमबारे कुनै जानकारी दिनु परे वा सुझाबका लागि इमेल गर्नसकिने मियाँले जनाउनुभएको छ । यस्तै कार्यक्रमका लागि विकास क्षेत्र संयोजक मनोनयन गरिएको छ । जसअन्तर्गत पूर्वाञ्चलका लागि धीरज राई, मध्यमाञ्चलका लागि नुर हसन मिकरानी, पश्चिमाञ्चलका लागि टंक भट्टराई, मध्यपश्चिमाञ्चलका लागि अर्जुन खड्का रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।