जेठ १५ । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

दुर्घटनामा घाइते भएका ३३ जनामध्ये गम्भीर घाइते तीनजनाको उपचारको क्रममा काठमाडौँको महाराजगन्ज्स्थित शिक्षण अस्पतालमा मृत्यु भएपछि मृतकका सङ्ख्या १५ पुगेको उपचारमा संलग्न विजय खत्रीले बताए ।

मृत्यु हुनेमा भोताङ–९ का छिरिङ तामाङ र सोही गाविस–२ का सितन तामाङ रहेका छन् । दुर्घटनामा घाइते भएका ३० जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी काठमाडौँ लगेको थियो । घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको बताइएको छ ।

भोताङबाट काठमाडौँका लागि हिँडेको उक्त बस सडकबाट झन्डै एकसय मिटर तल खोल्सामा खसेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।