काठमाडौं ७ असोज
स्थानीय तह अन्तर्गत प्रदेश दुईको एक मात्र महानगरपालिका विरगञ्जमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

यसअघि कांग्रेस र राजपाबिच कडा टक्कर हुँदै आएको वीरगञ्जमा पछिल्लो पटक भने संघीय समाजवादी फोरम र कांग्रेसबीच टक्कर परेको छ ।

३७ हजार ९ सय ६८ भोट गन्दा कांग्रेसले ८ हजार २ सय ४२ मत ल्याएको छ । कडा टक्कर दिईरहेको संघीय फोरमले ८ हजार २ सय २८ भोट ल्याएर कांग्रेसलाई कडा टक्कर दिईरहेको छ ।

राजपाले भने ६ हजार ३१ भोट मात्र ल्याएको छ । त्यहाँ मतगणना भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।