जेठ १४ । अमेरिकी फाइटर विमान एफ १५ दक्षिणी जापानको टापुमा दुर्घटनाग्रस्त भएको छ ।

जापानको ओकिनावा टापुमा उक्त विमान दुर्घटना भए पनि पाइलट भने जिवित नै रहेको बताइएको छ ।

काडेन एयरबेसबाट उडेको बिमान १ सय १५ किलोमिटर पर खसेको हो । जापानमा रहेको अमेरिकी फोर्सको मुख्य प्रवक्ता डेभिड होनचुलले विमानका पाइलट सकुशल रहेको र बिमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताएका छन् ।

जापानमा अमेरिकाका ५० हजार सैनिकको बेस छ जसको आधा ओकिनवामा रहेका छन । अमेरिकी सैनिक फिर्तीको लागी जापानीहरुले पटक पटक अन्दोलन र दवाव दिए पनि अमेरिकाले सेना फिर्ता गर्न मानेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।