छिपहरमाई गापामा अध्यक्ष/उपाध्यक्षमा नै माओवादी केन्द्र विजयी

पर्सा, ७ असोज । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी भइन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।