जेठ १३ । राजधानी लगायत देशका अन्य  क्षेत्रमा आज दिन भर वर्षा हुने मौसम विभागले जनाएको छ ।  दिनहुँजसो झरी परेपनि मनसुन सुरु हुन अझै दुई हप्ता समय बाँकी नै रहेको मौसम विभागको भनाई छ ।

 काठमाडौ उपत्यका सहित देशका केही ठाउँमा रातिदेखि नै पानी परेको छ । बेलुकीपख भने मौसममा सुधार आउने सम्भावना रहेको जनाइएको छ ।

अहिले मनसुनी वायुको कारणले पानी परेको  नभई पश्चिम बंगाल र बिहार लगायतका ठाउँमा न्यूनचापीय क्षेत्र निर्माण भएकाले वर्षा भएको हो ।

 पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा अन्त्यले जनाएको छ । र बंगालको खाडीबाट वायु बहन थालेपछि मात्र मनसुन शुरु हुन्छ । अहिले पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको र बंगालको खाडीबाट पनि वायु नआएको मौसम विज्ञान शाखा

मनसुन शुरु नभए पनि जेष्ठ  महिनामा अहिले सम्मकै धेरै पानी परेको छ । सामान्यतया जेष्ठमा   एक सय २३ मिलिमिटरसम्म वर्षा गरेको थियो तर यस वर्ष  २ सय मिलिमिटर भन्दा बढी वर्षा भैसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।