जेठ १३ । नेपाली आकाशमा हवाई दुर्घटना बढीरहेको अवस्थामा आज गोमा एयरको एक विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

हुम्लाको सिमिकोटमा अवतरण गर्ने क्रममा गोमा एयरको विमान झण्डै दुर्घटनामा परेको हो ।

उक्त विमानको पखेटा अवतरण गर्ने क्रममा जमिनमा ठोक्किएको छ ।

विमान अनियन्त्रित भई जमिनमा ठक्कर खाए पनि विमानमा रहेका चालक दल तथा यात्रु कसैलाई केही पनि भएको छैन । तर विमानमा भने क्षति पुगेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।