जेठ १२ । जर्मन क्लब वार्यन म्युनिखले

च्यापियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिवार राती इंग्ल्याण्डको वेम्बलीमा भएको खेलमा आफ्नै देशको बुरोसिया डर्टमुण्डालाई २–१ ले हराउँदै बार्यन म्युनिखले उपाधि हात पारेको छ ।

 ६० औं मिनेटमा मारियो मान्डजुकीले गोल गर्दै म्युनिखलाई १–० को अग्रता दिलाएपनि त्यसको ७ मिनेटपछि नै डर्टमुण्डका इके गुनडोगनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।

बार्यन म्युनिखलाई उपाधि जिताउन ८९ औं मिनेटमा आर्जेन रोबिनले निर्णायक गोल गरी उपाधी रक्षा गरेका थिए ।
वार्यनले योसंगै ५ औ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको सफल भएको  हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।