जेठ १० । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले चार दलबीच सहमति भइसकेका मुद्दामा अहिले असहमति राखेर बखेडा गर्नु चुनाव बिथोल्ने षडयन्त्र भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चार दलभित्रै चुनाव बिथोल्ने षडयन्त्र भएको बताए । संविधानसभामा ४९१ सभासद् रहने सहमति विपरीतका गतिविधि भइरहेकाले यसले निर्वाचनको वातावरणलाई बिथोल्ने स्पष्ट भएको उनले बताए ।

महामन्त्री सिंहले वर्तमान सरकारले निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै पनि सरुवा, बढुवा र नियुक्ति गुर्न नुहने बताए ।

विघटित संधिवानसभा निर्वाचनमा काँग्रेस सबैभन्दा ठूलो दल बन्न नसेकेका कारण संविधान नबनी संविधानसभा विघटन भएको बताउँदै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि संविधानसभामा लोकतान्त्रिक शक्तिको बहुमत आउनुपर्ने खाँचो औँल्याए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।