जेठ ८ । अज्ञात समूहद्वारा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको आज गृह जिल्लामा शवयात्रा निकालिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षणपछि आज दिउँसो सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न ठाउँमा शवयात्रा गरिएको हो ।

शवयात्रामा हत्या गरिएका पूर्व सभासद् हकका हजारौं सकमर्थको सहभागिता थियो ।

राजविराजपछि मलेठ, रायपुर, शम्भुनाथ, मोहनपुर गाविस हुँदै शवलाई उनकै घर रहेको कल्याणपुर–२ पु¥याइएको छ । शवयात्रा सम्पन्न भएपनि हत्यारा पत्ता नलागेसम्म अथवा गृहमन्त्री आएर प्रतिबद्धता नजनाएसम्म अन्तिम संस्कार नगरिने उनका समर्थकहरूले बताएका छन् ।

पूर्व सभासद् हकको सोमबार राति कल्याणपुर–२ स्थित उहाँकै पेटोल पम्पमा अज्ञात व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।