काठमाडौं ६ असोज

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रूपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।
पार्टीमा ‘कविता’ नामले चिनिने ३३ वर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताइन् । ‘मौलापुरलाई स्मार्ट नगरपालिका बनाउँछु,’ उनले भनिन्, ‘यहाँको बिग्रेको सडक, विद्यालय, ढल निर्माणको काम पहिलो चरणमै थालनी गर्छु ।’ दाइजो प्रथाले जकडिएको समाजलाई सही बाटोमा डोर्‍याउने लक्ष्य आफूले लिएको उनले बताइन् ।

रीना विजयी भएपछि स्थानीय महिला बढी उत्साहित देखिएका छन् । ‘रीनाको जित हामी सबै महिलाको जित हो,’ मौलापुर १ मा महिला सदस्यमा निर्वाचित बबिता पाण्डेले भनिन्, ‘नगरका सबै महिलाले भोट दिएर रीनालाई सघाएका हुन् ।’ अब महिलाको पक्षमा काम गरेर सघाउने जिम्मेवारी उनको काँधमा आएको बबिताले बताइन् । रीनाको जितमा सबैभन्दा बढी नगर क्षेत्रका महिला खुसी छन् । यो खबर आजको कान्तिपुरमा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।