जेठ ७ । मलको थुप्रोमा लुकाईराखेको अवस्थामा प्रहरीले काठमाडौंको गोलढुङ्गाबाट प्रहरीले ठूलो मात्रामा गोली बरामद गरेको छ ।

मलको थुप्रोमा लुकाईराखेको अवस्थामा प्रहरीले तीन सय दुई राउण्ड गोली वरामद गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
विशेष सुराकीको आधारमा प्रहरीले सर्च अभियान सञ्चालन गरी तीन सय दुई राउण्ड गोली, तीन थान म्यागजिन र आठ थान गोलीका खोका वरामद गरेको जनाइएको छ ।

प्रहरीले एसएलआरमा प्रयोग हुने गोली ४८ थान, ३ सय ३ राइफलमा लाग्ने गोली १८ थान र नाइन एमएमको गोली नौ थान बरामद गरेको पनि जनाएको छ ।

प्रहरीले आजै वैशाख ३० गते काठमाडौंको ज्ञानेश्वरमा विनोदकुमार अग्रवालको घरमा डकैती गर्ने ६ जनालाई समेत सार्वजनिक पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।